काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्न ढिला भएको भन्दै अनेक आशंका गर्न थालिएको थियो ।
यसैकाबीच राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको हो । अब सबैको ध्यान राष्ट्र बैंकले मौद्रिक नीति कस्तो ल्याउला भन्नेतर्फ मोडिएको छ ।
मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा रहेका बेला कसिलो मौद्रिक नीति ल्याउनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्र बैंकले पनि सोहिअनुसार मौद्रिक नीति ल्याउने तयारी गरेको स्रोतको दावी छ । मौद्रिक नीतिको मस्यौदा तयार भइसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ।




Comments are closed.