राष्ट्र बैंकद्वारा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा कर्मचारी मागेको हो।

बैंकलाई सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ १८ जना, सहायक निर्देशक (अधिकृत तृतीय) प्राविधिक (सु.प्र.) १ जना र सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २४ जना आवश्यक परेको हो।

उक्त पदपूर्तिका लागि आज भदौ १७ गतेदेखि असोज १६ गतेससम्म आवेदन अनलाइनमार्फत दिन सकिने बैंकले जनाएको छ।

You might also like

Comments are closed.