नेपाल राष्ट्र बैंकले आज २० अर्बको रिपो जारी गर्दै

काठमाडौं ।  बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्बको रिपो जारी गर्ने भएको ।

राष्ट्र बैंकले भदौ ३० गते बिहीबार बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापन गर्न २० अर्बको रिपो जारी गर्न लागेको हो ।बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज ६ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

footwear zone

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

 

You might also like

Comments are closed.