काठमाडौं ।नेपाल राष्ट्र बैंकले मंगलबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।
कात्तिक १५ गते मंगलबार बिक्री गर्ने गरी बैंकले १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल सोमबार गर्न लगेको हो ।बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ ।
९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।




Comments are closed.