पोस्टपेड प्रयोगकर्ताले मासिक रेन्टल चार्ज वापतको रकम समेत प्रयोग गर्नसक्ने

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम रु. ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ । ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रेण्टलवापत रु. ३८३.०७ तिर्नुपर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो र अहिले पनि कायम छ । रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाउने सुविधा छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको छ । ग्राहकले प्याक प्रयोग गर्दा रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ । सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको बताइएको छ ।

footwear zone

महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब हुने गर्छ । कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भएतापनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेकोले देखिन्छ । कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु. २०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु. २०० र रेन्टल चार्ज वापतको रु. ३८३.०७ गरी रु. ५८३.०७ तिर्नुपर्छ । १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु. ४०० थियो भने सो रकम समेत काटिएर थप रु. १८३.०७ समेत तिर्नुपर्ने हुन्छ ।

पोस्टपेड ग्राहकको अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै ८ज्ञद्धज्ञछ८द्द३ डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ ।

पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि ८द्धण्ण्३ डायल गर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड युसेज हिस्ट्री मार्फत हेर्न सकिन्छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जिएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा गरिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

You might also like

Comments are closed.