काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई (Secondary Education Examination-SEE) परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।
सो परीक्षाको परीक्षाफल कल गरेर (IVR), एसएमएस (SMS) तथा वेबसाइट (Website) मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space)छाडी अल्फाबेटसहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने ।
वेबसाइट – नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने ।
कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र रहेको हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।




Comments are closed.