होटल म्यानेजमेन्ट कलेजमा कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागतसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । उनीहरुले नयाँ विद्यार्थीलाई मायाको चीनो स्वरुप कप तथा टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

कलेजमा यस नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा १०२ जना विद्यार्थी इन्ट्रान्स तथा अन्तर्वाताबाट पास भएर छानिएका हुन् । ५ जना स्कलरसिपमा छानिएका गरी १०७ जना विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, प्लस टु कोअर्डिनेटर दीनेश कुमार यादव, इक्जाम कोअर्डिनेटर शुरेसराज अधिकारी, अर्जुनप्रसाद अधिकारी, रीता गलामी, विमला थापा, प्रियङका थापा मगर, नारायण खड्का लगायतले टीका, खादा लगाई मायाको चीनोस्वरुप कप दिएर स्वागत गरेका हुन् ।

footwear zone

कार्यक्रमका प्रमुख अतिथि कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजमा दुई वर्ष अध्ययन गर्दै गर्दा सिपमूलक ज्ञानसहित अनुशासन, परिपक्वता र कुशल व्यवहार सिक्नेमा विश्वस्त रहेको बताए । उनले कलेजमा भईरहने विभिन्न प्रकारका कार्यक्रमहरुमा सरिक भएर व्यवहारिक ज्ञान, सिपलाई निखार्न र व्यक्तित्व निर्माणमा आफुलाई अब्बल बनाउन सुझाए ।

प्रिन्सिप रेग्मीले कार्यक्रमको आयोजक रहेका कक्षा १२ का विद्यार्थीसहित कलेजका कर्मचारी, शिक्षक सबैलाई धन्यवाद दिदै यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुमा आत्म विश्वास जगाउने, उत्साही बनाउने कौशलता देखाउने र व्यवहारिक ज्ञानको विकासमा टेवा पुग्ने बताए ।

कलेजका अध्यक्ष अशोक पालिखेले पर्यटनको प्रचुर संभावना देखेर र महंगो खर्चमा बाहिर पढ्न जानुपर्ने बाध्यतालाई न्यूनिकरण गर्नमा कलेज स्थापना र संचालनले निकै सघाएको बताए । २५ वर्ष अगाडीको त्यो कसरतले अहिले कम खर्चमा यही अध्ययन गर्न पाईने र पैसाको पनि बचत भएको बताए । उनले कलेजमा आउनका लागि पोखरा विभिन्न क्षेत्रमा निःशुल्क बसको व्यवस्था गरेकाले यो सेवालाई लिन आग्रह गरे ।

अध्यक्ष पालिखेले अहिले कलेजमा भर्नाको मागलाई थेग्न नसक्ने अवश्था भईसकेको छ । हाम्रो सिमिताको कारण सबलाई राख्ने सकने अवश्था पनि छैन । कक्षा ११ को भर्ना खुलेको दिनमै ४ घन्टामा १०२ जनाले भर्ना गर्नु कलेजले कमाएको विश्वासको सम्पति हो उनले भने । तपाँईहरु अब नियमित रुपमा पठनपाठनमा लाग्नुस्, उनले भने उत्कृष्ट टपरहरुलाई माथिल्लो कक्षाका लागि स्करसिपको व्यवस्था छ ।

शिक्षण सिकाई गरिरहँदा विद्यार्थीहरु अनुशासति हुनुपर्ने, गेटअप खाईलाग्दो र स्मार्ट हुनुपर्नेमा जोड दिए । उनले कलेजमा अग्रज कक्षाका विद्यार्थीले नयाँ आउनेलाई स्वागत गर्ने र अध्ययन सकेर जानेहरुलाई तल्लो कक्षाकाले बिदाई गर्ने विद्यार्थीहरुको संस्कारप्रति खुसि व्यक्त गरे । उनले भने, ‘यस्तो परम्परालाई जारि राख्नुहोला’ ।

कक्षा १२ का विद्यार्थी श्रीन्जु गुरुङ र कृपा दाहालले संचालन गरेको कार्यक्रमको यसअघि प्रन्सिपल प्रकाश रेग्मीसहित कलेजका अध्यक्ष अशोक पालिखेले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । सहभागिहरुलाई सुलभ गुरुङले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।

कार्यक्रममा कक्षा १२ का सुजाता, निशा, आकांक्षा, जीना, आयुशा, अल्दिनाले स्वागत नृत्य प्रस्तुत गरेका थिए । यस्तै सोनिका, अंकिता, जेशिका, नविता, अवन्तिका, सन्जित, अरुण, दीपेन, अभिशेक, सुजल, रश्मि, रेजिना लगायतले नृत्य देखाएका थिए । सन्जित, अरुण, दीपेन, अविशेक र सुजलले गीत गाएका थिए ।

जेनिसा शाहीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको समापन प्रमुख अतिथि कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले गरेका थिए ।

You might also like

Comments are closed.