एन.टि.एच.एम.सि. इन्टरप्रिनरसिप क्लबको अध्यक्षमा आयुष्मा श्रेष्ठ

पोखरा । नेपाल टुरिजम् एण्ड होटल म्यानेजमेन्ट कलेजको सेन्टर फर बिजनेस म्यानेजमेन्ट मा इन्टरप्रिनरसिप क्लबको कार्यसमितिमा नयाँ टिम चयन भएको छ । विद्यार्थीहरुको उद्यमशिलता, कार्यदक्षता, सामाजिकिकरण र चौतर्फी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको यस क्लब अहिले दोस्रो वर्षमा प्रवेश गरेको हो ।

मंगलबार बसेको बैठक अनुसार कार्यसमितिको अध्यक्षमा आयुष्मा श्रेष्ठ (वि.वि.ए ६ सेमेष्टर), उपाध्यक्षमा बिष्णु बि.क (वि.वि.ए ६ सेमेष्टर) सचिवमा सुस्मिता बसौला (वि.वि.ए ६ सेमेष्टर), कोषाध्यक्षमा निराजन गौतम (वि.वि.ए.बि.आई २ सेमेष्टर) सल्लाहकारमा सुस्मिता बिजुक्छे र सृजन पालिखे (वि.वि.ए ८ सेमेष्टर) कार्यसमिति पधादिकारीमा कबिन सापकोटा, गणेश लम्साल, दृष्टि आचार्य, सृजन के.सी., सुवाश खत्रि, सम्पदा अधिकारी, अनिषा जि.सी. निर्जला क्षेत्री, सृजना सापकोटा, पुनम ढकाल, सन्ध्या पौडेल, सन्जिता पौडेल निर्वाचित भएका छन् ।

यस क्लबले शैक्षिक लगायत विभिन्न सामाजिक कार्यहरु जस्तै व्यापार योजना, आईडिया पिचिङ्ग, मामला अध्ययन व्यवस्थापन, प्रस्तुति प्रतियोगिता, मार्केटिङ तथा विज्ञापन प्रतियोगिताहरु, सचेतना अभियान लगाएत विभिन्न कार्यक्रमहरु गर्ने कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।

footwear zone

कलेजका प्रिन्सिपल प्रकाश रेग्मी र वि.वि.ए/वि.वि.ए–वि.आई को–अर्डिनेटर हरिहर पौडेलको रोहवरमा यो समिति गठन भएको हो । नयाँ चयन भएको समितिमा सबै सेमेस्टरका छात्र/छात्राहरुको सहभागिता रहेको छ । नयाँ समितिका पदाधिकारीहरुलाई स्वागत र अघिल्लो समितिका छात्रछात्राहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको  कलेजका प्रिन्सिपल रेग्मीले दिए ।

 

You might also like

Comments are closed.