पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको सो कार्यक्रममा १ सय युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा क्षेत्रीय रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
विरामीलाई रगतको अभाव हुन नदिनका लागि सहयोग पुग्ने भएकोले रक्तदान कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । पोखराको छिनेडाडाँमा रहेकोे सो कलेज नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज हो ।






Comments are closed.