काठमाडौं । टिभियस मोटर कम्पनीको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको थियो ।
असोज १६ गते शनिबार टिभियस शोरुम नक्सालदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसका शोरुमका बिक्रेताद्वारा स्वागत गरिएको थियो । भेन्युमापुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभम्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्य चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गरे । यसले सबै राइडरहरुलाई एकअर्का संग जुट्नकालागी र आफ्नो एनटर्किएन अनुभवएकअर्कासँग बाडँ्न मद्दत गरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइनदर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, “हामीहाम्रो टिभियस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदाअत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु । म आशागर्दछु कि हामीले यो कार्यक्रम आयोजनागर्दा जति रमाइलो अनुभवगर्यौ एनटर्कियनराइडरहरुले पनि यस राइडमात्यति नै रमाइलो अनूभूति गर्नुभयो । हामीहाम्राग्राहकहरुको लागी सबै भन्दाउच्च स्तरकोसेवाप्रदान गर्नमा दृढ विश्वास गर्दछौं। राइडरहरुलेहामीेप्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथातिनीहरुलाई सफलपार्न प्रेरित गरेको छ।”

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमापहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्री हुने स्कुटर बन्नपुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीभएको छ।टिभियसकापाँचप्रकारहरु रहेका छन् जसमाएनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।
यसैबीच, राइडरहरुलाई युनिराइड अटो महालक्ष्मी स्थानमा खादा लगाएर स्वागत गरिएको थियो । युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले उनीहरुलाई स्वागत गरेका हुन् ।





Comments are closed.