नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा रितेश लामिछाने

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार काठमाडौंको नक्साल स्थित मेरिएट होटलमा सम्पन्न मञ्चको १८औंसाधारण सभाले अध्यक्षमा रितेश लामिछानेलाई चयन गरेको हो । मञ्चको निर्वतमान अध्यक्ष उदिप श्रेष्ठ छन् ।

त्यसैगरी प्रथम उपाध्यक्षमा साहारा जोशी, द्वितीय उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, महिला उपाध्यक्षमा निभिता प्रधान चयन भएका छन् । त्यस्तै, कार्यकारी सदस्यहरुमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभुषण ज्योति कंसाकार, पुनित बैद्य रहेका छन् ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरेको साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल सुन्दरी प्रियंका रानी जोशीलगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

footwear zone

साधारण सभाले निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरेको थियो । जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गरेका थिए ।

कार्यक्रममा बिगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरुसमेत प्रस्तुत गरिएको थियो भने, नवनिर्वाचित अध्यक्ष लामिछानेले सन् २०२२/२३ को लागि आफ्ना विचारहरु राखेका थिए । मञ्चले आफ्नो मुख्य चासोलाई बढावा दिँदै सकारात्मक सोच र सफल देशलाई निरन्तर अगाडि बढाउने र युवा तथा उद्यमीहरुका लागि उदाहरणीयरुपमा कार्य गरी अगाडि बढ्ने प्रयास गरिरहने उनले बताए ।

साथै मञ्चले निरन्तररुपमा युवा उद्यमीहरुलाई विभिन्न कार्यव्रmमहरुका मार्फत सहयोग गर्दै आएको छ, जसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्व कप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङ्ग जस्ता कार्यव्रmमहरु आयोजना भएका थिए । नयाँ कार्य समितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवर्द्धनमा जोड दिने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.