काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा प्रार्थना साखः निर्वाचित भएकी छन् । शुक्रबार आयोजित पाँचौं साधारणसभाले युवा उद्यमी साखःको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

च्याप्टरको निबर्तमान अध्यक्षमा चिराग गोयल, प्रथम उपाध्यक्षमा अभिमन्यु गोल्छा, द्वितीय उपाध्यक्षमा अप्पा शेर्पा निर्वाचित भएका छन् । कार्यकारिणी सदस्यमा अनुभव श्रेष्ठ, क्षितीज तामाङ, ईच्छा मल्ल, निर्देश द्वा, निशित मित्तल, रसना श्रेष्ठ, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे निर्वाचित भएका छन् ।

एनवाइइएफ काठमाडौंको नयाँ नेतृत्वमा सर्वसम्मत चयन गर्ने सम्पूर्ण युवा उद्यमीहरुप्रति साखःले आभार व्यक्त गरेकी छन् । युवा उद्यमशीलताका क्षेत्रमा टिमवर्कका साथ आफूले रचनात्मक काम गर्ने उनले बताइन् । नयाँ युवा उद्यमीहरुको प्रोत्साहन गर्न र स्टार्टअप व्यवसायको प्रवर्द्धनमा आफ्नो कार्यकालमा काम हुने उनको भनाइ छ । अध्यक्ष साखः सूचना तथा प्रविधि उद्योगमा आफूलाई स्थापित गर्न सफल छन् । उनी सफल स्टार्टअप उद्यमी हुन् ।

संस्थाका निवर्तमान अध्यक्ष चिराग गोयलले आफ्नो कार्यकाल सफल बनाउन योगदान पुर्याउने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । युवामा उद्यमशीलतालाई प्रोत्साहन गर्न आफूहरुले विभिन्न कार्यक्रम गर्दै आइरहेको गोयलले बताए । स्टार्टअप अवार्ड, महिला उद्यमीहरूलाई सम्मान, किड्स फेयर, व्यवसायको बारेमा प्राथमिक तहका विद्यार्थीहरूलाई शिक्षीत गर्ने कार्यक्रम, सदस्यहरूका लागि विभिन्न कार्यक्रमहरू संस्थाले गरेको छ ।




Comments are closed.