काठमाडौं । एनवाइएफले एनवाइइएफ स्टार्टअप अवार्डको आयोजनामा गर्ने भएको छ । तेस्रो स्टार्टअप अवार्डको टाइटल स्पोन्सरमा सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स छ । जनवरी १२, २०२४ मा अवार्ड वितरण गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अवार्डमा प्रथम बिजेताले ४ लाख रुपैयाँ, द्वितीयले २ लाख रुपैयाँ र तृतीय हुनेले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । अवार्डको लागि नोभरेम्वर २४ भित्र एनवाइइएफको वेवसाइटमार्फत रजिष्ट्रेसन गर्न सकिने छ । रजिष्ट्रेसनका लागि एनवाइइएफले तोकेको मापदण्ड पुरा गर्नुपर्ने छ । स्टार्टअफ दर्ता भएको मितिदेखि ५ वर्षभित्रको हुनुपर्ने र उत्पादन वा सेवा हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्टार्ट अप अवार्ड उद्यमीका लागि एक प्रतिस्पर्धा र बुटक्याम्प रहेको र नेपालमा स्टार्टअप इकोसिस्टमलाई सक्षम र सुदृढ पार्ने उद्देश्यले युवा स्टार्टअपहरूलाई उनीहरूको स्टार्टअपहरू पिच गर्ने, नेटवर्क बनाउने र वृद्धि गर्ने प्लेटफर्म दिएर सन् २०२१ मा एनवाइएफ काठमाडौं च्याप्टरले स्टार्टअप अवार्डको सुरुवात गरेको च्याप्टरका अध्यक्ष प्रार्थना शाखःले जानकारी दिइन् ।

स्टार्टअप अवार्डले सबै स्टार्टअपहरूलाई गहन मेन्टरशिप सत्र र उद्योग विशेषज्ञहरूबाट मार्गदर्शन प्रदान गर्ने एनवाइइएफ केन्द्रीय अध्यक्ष साहारा जोशीले बताइन् ।
नेपालमा युवा उद्यमी फोरमको १३ च्याप्टर र ८५० सदस्य छन् । एनवाइएफ स्टार्ट अप अवार्ड उत्कृष्ट कार्यक्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा स्टार्ट अप एण्ड इन्नोभेसन फोरमका अध्यक्ष जुना माथेमाले बताइन् । मञ्चको काठमाडौं च्याप्टर व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय छ । युवा उद्यमशीलताको विकास तथा प्रवर्द्धनमा मञ्च निरन्तर सक्रिय छ ।




Comments are closed.