आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् ।

नेपाल युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने बताइन् ।

footwear zone

“औद्योगिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्दछ”, मन्त्री भुसालले भनिन्, “आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ ।” परम्परागत पीतृसत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै उनले महिला उद्यमीले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमसिलतामा अब्बल हुनुपर्ने बताइन् ।

मन्त्री भुसालले राजनीति, स्वाथ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । कृषि उत्पादन विस्तार गर्नका लागि अनुसन्धन एवं प्रवद्र्धनमा लाग्न आग्रह गर्दै उनले भनिन्, “कृषि प्रधान देशले वर्षेनि रु तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात गर्नुपरेको छ, त्यसैले कृषि उत्पादन तथा उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ ।”

मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्नका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाए ।

You might also like

Comments are closed.