नेपाल युवा उद्यमी मञ्च पोखरा र महानगर प्रमुख आर्चायबीच अन्तरकिया

पोखरा । नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरको 2022/23 को पहिलो मासिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।च्याप्टरका अध्यक्ष सुयश मल्लका अनुसार यस बर्षको पहिलो मासिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा पोखरा सहरलाई कसरी विकास गर्न सकिन्छ र पर्यटन प्रर्वद्धनका लागि नगरपालिकासँग मिलेर के कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा पोखरा महानगरपालिका प्रमुख धनराज आर्चायसँग अन्तरक्रिया गरिएको थियो । युवा उद्यमीले आफूहरुले भोग्दै आएका समस्या कार्यक्रममा महानगरप्रमुख आर्चायलाई जानकरी गराएका थिए ।

कार्यक्रममा बोल्दै आर्चायले पोखराका युवा उद्यमीका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउदै युवा उद्यमीहरुसँग समन्वय तथा सहकार्य गरेर काम गर्ने बताए ।

footwear zone

पोखरालाई विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको संख्या बढ्ने भएकोले त्यसलाई व्यवस्थित गर्नको लागि कसरी सीमा नाका सौन्दर्यीकरण गर्न सकिन्छ र पोखरा आसपासका स्थानलाई विमानस्थलसँग सहजतरिकाले जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरी आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विकास गर्ने भन्ने कुरामा जोड दिइएको थियो । कार्यक्रमा पर्यटकीय नगरी पोखरामा पर्यटन प्रर्वद्धनसँगै पोखरालाई अन्तर्राट्रिय सहरको रुपमा कसरि विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

पोखरा प्रवेश गर्ने सीमा नाका सौन्दर्यीकरण र पोखरा आसपासका स्थानलाई विमानस्थलसँग सहज तरिकाले कसरीजोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै पोखराको पार्किङ व्यवस्थापनलाई कसरी सहज बनाउने विषयमा पनि छलफल गरिएको थियो ।

साथै युवा उद्यमीको लागि स्टार्ट अफ इन्कुभेसन सेन्टर सञ्चालन तथा आवश्यक प्रक्रियाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा मञ्चका नयाँ सदस्यलाई स्वागत गरिएको थियो ।

You might also like

Comments are closed.