देशको आर्थिक विकासका लागि युवाहरूले रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष गोयल

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काठमाडौं च्याप्टरका अध्यक्ष चिराग गोयलले देशको आर्थिक विकासका लागि युवाहरूले रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । युवा उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्र्नुपर्ने उनको भनाई छ ।

एनवाइइएफ काठमाडौं च्याप्टरद्वारा हालै काठमाडौंमा आयोजित उद्यमशीलता सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोयलले उद्यमशीलतामा महिला तथा युवालाई राज्यले समेत प्राथमिकताका साथ सहयोग गर्नुपर्ने धारण राखे ।

मञ्चले नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको थियो ।

footwear zone

उद्यमशीलता सम्मेलनमा उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ । ३० भन्दा बढी स्टलमा विभिन्न उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गरिएको थियो ।

You might also like

Comments are closed.