हट्यो जोरबिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ ।

जिल्ला सुरक्षा समिति, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिबीच बिहीबार बसेको बैठकले आजदेखि लागू हुनेगरी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएको हो ।

विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग, कलकारखानाबाट जोर बिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो आएको र सार्वजनिक सवारी कम हुँदा यात्रुको चाप बढ्न गई भीडभाड हुँदा झन जोखिम बढेकाले यात्रुको सुविधालाई मध्यनजर गरी उक्त निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

footwear zone

कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसको भीडभाड कम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार काठमाडौं उपत्यकामा गत असोज १ गतेदेखि जारी गरिएको निशेधाज्ञाबमोजिम उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो ।

सङ्क्रमण समयावधिभर यातायात सञ्चालन निर्देशिका २०७७ पालनामा भने कडाई गरिने भएको छ । मापदण्ड पालना नगरी सवारीसाधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रजिअ पराजुलीले बताए ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले भौतिक दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क लगाएर हिँडडुल गर्न, राम्ररी साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

You might also like

Comments are closed.