१० रुपैयाँले घट्यो खाने तेलको मूल्य

काठमाडौं । खाने तेलको मूल्य १० रुपैयाँले घटेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नेपालीहरुको महान चाड दसैं तिहारको समयमा उपभोक्तालाई सहजता होस् भन्नका लागि खाने तेलको मूल्य १० रुपैयाँले घटाएको हो ।

छुट पसलमा बजार भाउभन्दा बढी मूल्य राखेको गुनासो आएपछि कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

खाद्यले सिजी कम्पनीको तेल बिक्री गर्दै आएको छ। उक्त तेल साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर बिक्री गरिएको थापाले बताए ।

footwear zone

 

You might also like

Comments are closed.