महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टलमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट हुने भएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट पाउनु भएको छन् । बैंकका ग्राहकहरुले हस्पिटलको OPD doctor consultation & checkup सेवा निःशुल्क, General Dental Treatment सेवामा १५ प्रतिशत र Ortho Therapy & Dental Implant Treatment सेवामा १० प्रतिशतको आकर्षक छुट पाउने छन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् । यो सम्झौताले दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

footwear zone

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

You might also like

Comments are closed.