अनलाइन पोर्टल सञ्चालन

मोरङ । यसक्षेत्रका बेरोजगार युवायुवतीलाई रोजगार उपलब्ध गराउन आजदेखि कर्मशिल डट कम अनलाइन पोर्टल सञ्चालन गरिएको छ ।

उद्योग सङ्गठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्तरुपमा सञ्चालित सो पोर्टलले यस क्षेत्रका उद्यमी व्यवसायीलाई आवश्यक पर्ने जनशक्ति सहज एवं सरलरुपमा उपलब्ध गराउने विश्वास गरिएको छ ।

प्रदेश नं १ का प्रमुख सचिव दिनेश भट्टराईले पोर्टलको शुभारम्भ गर्दै दक्ष जनशक्तिको अभावका कारण उद्योगको उत्पादनमा परेको असरलाई यसले समाधान गर्ने विश्वास व्यक्त गरे । उनले उद्योगीहरुलाई आफ्नो उद्योगमा प्रशिक्षार्थीलाई तालीम दिएमा लाग्ने खर्च उद्योग ऐन–२०७७ अनुसार उद्योगको खर्चमा समावेश गरी आयकर कट्टा हुने हुनाले यसलाई उपयोग गर्न आग्रह गरे ।

footwear zone

परियोजनाका टोली प्रमुख सुभाष सुवेदीले काम खोज्ने र लगाउनको माध्यमको रुपमा पोर्टलले कार्य गर्नुका साथै शिक्षालाई उद्योगसँग जोड्ने बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष एवं रोजगारदाता राजेश सुराना र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बन्धु पोखरेललगायतले यस क्षेत्रका उद्योगलाई आवश्यक पर्ने जनशक्ति अनुरुपको व्यावसायिक तथा प्रयोगात्मक तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.