शुरु भयो धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

बनेपा । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए ।

“ नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ”, उनले भने, “यसले सेवाग्राहीको समय बचत हुने आशा लिएको छु ।” यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उनले जानकारी दिए ।

नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा शुरु गरेको नगरप्रमुख व्यञ्जुले बताए । सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ । नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले शुरु गरेको हो । वाग्मती प्रदेशमा यसकिसिमको सेवा दिने पहिलो नगरपालिका भएको बताइएको छ ।

footwear zone

सेवा प्रारम्भ भए पनि पहिलोपटक भएका कारण यसलाई प्रयोगमा ल्याउने काममा नगरपालिकाले सहजीकरण गर्ने छ । यसका लागि सेवा प्रयोग गरेबापत करमा छुट दिने र सबै वडामा गएर सेवाग्राहीलाई सेवा प्रयोग गर्न तालीम दिने नगरपालिकाले जनाएको छ ।

नगरभित्रका वडामा कति उद्योग, पसल र कति अन्य कुरा छ भन्ने सबै जानकारी अनलाइनमा नै हुने व्यवस्था गर्ने नगरप्रमुख व्यञ्जुको भनाइ छ ।

धुलिखेलले यसअघि नगरपालिकाभित्र बजार क्षेत्रमा सिसिटिभी जडान गर्नुका साथै चोकचोकमा फ्रि वाइफाइ जोन बनाइसकेको छ ।

You might also like

Comments are closed.