पोखरा । ओपन स्काई प्याराग्लाइडिङ कम्पनी पोखराले आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष छुट प्रदान गरेको छ । प्याराग्लाइडिङ गर्न चाहने पाहुनालाई ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराइएकोे कम्पनीका प्रवन्ध निर्देशक शर्मिला शर्माले जानकारी दिइन् ।
कम्पनीले बिगत ८ वर्षदेखि पोखराको सराङकोटबाट प्याराग्लाइडिङ सेवा प्रदान गर्दै आइरहेको छ । कोभिड–१९ को प्रकोपबाट आर्थिक क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गरी सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक प्रज्वल रञ्जितले जानकारी दिए ।

‘गुगल र ट्रिप एडभाइजरको ¥याङकिङमा हाम्रो कम्पनी अग्रस्थानमा छ,’ सञ्चालक रञ्जित भन्छन्, ‘स्थापनादेखि नै आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा कम्पनी पर्न सफल छ ।’ कम्पनीको कार्यालय पोखराको लेकसाइडस्थित वैदाममा छ ।

कोभिडका कारण लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्र यतिबेला खुल्न थालेको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङ कम्पनी, होटल लगायत पर्यटन क्षेत्रमा विशेष छुटसहितका प्याकेज सार्वजनिक हुने क्रम बढेको छ ।
Paragliding
Gepostet von Arthik Awaj am Mittwoch, 14. Oktober 2020




Comments are closed.