वैशाख १ गते टुंडिखेलमा ‘ओशो महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा ‘ओशो महोत्सव’ हुने भएको छ ।

ध्यान, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्था ओम नेपाल मिडियाले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ । गत वर्ष पनि वैशाख १ गते सोही प्रकारको महोत्सव आयोजना गरिएको थियो ।

footwear zone

ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुनेछ । ध्यान र नृत्यको उत्सवमा रमाएर नयाँ वर्ष मनाउने अवसर महोत्सवमा मिल्ने ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणले बताए । ‘मानिसहरुबीच बढ्दो तनावलाई कम गर्न ध्यान जरुरी छ,’ उनले भने ।

महोत्सवमा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने अन्य विविध सांस्कृतिक लगायतका कार्यक्रम पनि हुनेछन् ।

फाइल पोटो

महोत्सवको तयारी तिब्र बनाइएको अभियान्ता एवं ओशो सन्यासी सोबिता सिंखडाले जानकारी दिइन् । गत वर्ष भन्दा अझै बृहत रुपमा महोत्सव आयोजना गरिने आयोजकको भनाइ छ ।

 

You might also like

Comments are closed.