आउटरिचलाई ईसीआई अवार्ड

काठमाडौं । आउटरिचले ईसीआई अवार्ड पाएको छ । चीनमा सम्पन्न ECI Award २०२२ मा नेपालको तर्फबाट आउटरिचले Product & Model Innovation and Marketing Innovation गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको हो ।

Global ECI Awards २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु Product & Model Innovation, Metaverse Application Innovation and Marketing Innovation तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हंकङ,स्वीजरल्याण्ड, इटाली, क्यानडा, नेपाल, युएसए, यूके, साउदी, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटी, अष्ट्रेलियालगायतका देशहरु रहेका छन् ।

समारोहमा ECI Awards का President Lijun Jia (Dr. Owen) ले चीनमा चलिरहेको महामारीका कारण यसपटक सबै सहभागीहरुलाई भौतिकरुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

footwear zone

ECI Awards (International Entrepreneurs, Creatives & Innovators Association) द्वारा स्थापना गरिएको हो । यो अवार्ड नवप्रवर्द्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।

You might also like

Comments are closed.