पोखरामा अक्सिजन प्लान्ट स्थापनाको अभियान, बतासको नेतृत्वमा यसरी हुँदैछ काम

पोखरा । कोरोना महामारीका कारण नेपालमा ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यो संख्यामा पनि अक्सिजन नपाएकै कारण ज्यान गुमाउनेहरु अधिक छन् । नेपालमा अक्सिजनको अभाव आगामी दिनमा अझ बढ्न सक्ने देखिन्छ । पोखरा तथा आसपासका क्षेत्रसहित गण्डकी प्रदेशमा पनि कोरोना संक्रमणको ग्राफ बढ्दो छ ।

राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको पीडा देख्दा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास निकै चिन्तित बने । यहीबीच उनले पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्ने सोच बनाए । रकम जुटाउन उनले तत्काल आफ्ना केही साथीहरुलाई फोन गरे, जसले मन फुकाएर सहयोगको प्रतिबद्धता गरेका छन् ।

अक्सिजन प्लान्ट स्थापनाका लागि हालसम्म अटोवेज प्रा.लि. पोखराका प्रवन्ध निर्देशक नारायण पौडेल, सेल्वेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्राधानाङग, सुपर मादी हाइडा«ेपावरका अध्यक्ष पुष्पज्योती ढुंगाना, क्वालिटी एग्रिगेटका सञ्चालक देब बहादुर ज्वारचन र बि रिभर माइनिङ प्रा.लि.बाट २५÷२५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ । अभियानको नेतृत्व गरिरहेका आनन्द बतासले बतास फाउन्डेसनबाट २५ लाख रुपैयाँ र आफू अन्तर्गत रहेका कम्पनीहरु मार्फत २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएका छन् ।

footwear zone

सोभित मान बुद्धचार्य मोहरिया टोलबाट २ लाख रुपैयाँ र होटेल ल्यान्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको प्रतिबद्धता आइसकेको छ । भक्त बतास दमौली, टीका ग्रुपका अध्यक्ष टीका पौडेल, भीम राज रेग्मी, बिन्दबासिनीले १÷१ लाख रुपैयाँ सहयोग गर्दैछन् ।

पोखरा तथा गण्डकी क्षेत्रका बिरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन पुरा गर्न यो योजनाले योगदान पुर्याउने विश्वास गरिएको छ । ‘कोरोना बिरामीहरुको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) मा भएको अक्सिजन प्लान्टले आवश्यकता बमोजिम अक्सिजन उत्पादन गर्र्न नसकेको रहेछ,’ अभियान्ता बतासले भने, ‘थप बिरामीहरुलाई अक्सिजनको उपलब्धताको कमीले मृत्युबाट जोगाउन अक्सिजन प्लान्ट राख्ने योजना बनाइएको हो ।’

आफूले नेतृत्व गरे पनि यो अभियान पोखरेलीहरुको साझा अभियान भएको बतासले बताए । ‘भोलि पोखरामा हजारौं बिरामीलाई एकैपटक अक्सिजन आवश्यक पर्यो भने के गर्ने ?’ उनले भने, ‘त्यसका लागि आजैबाट काम गरौं ।’ यो अभियानका लागि सहयोग आउने क्रम जारी रहेको बतासले बताए । सकेसम्म छिटो भन्दा छिटो सामान आयात गरी प्लान्ट स्थापनाको काम अगाडि बढाउने उनको भनाइ छ । ‘यो अभियानमा एक रुपैयाँदेखि दसौं लाख रुपैयाँसम्म सहयोग गर्न सकिन्छ,’ उनले भने ।

३ करोड रुपैयाँ लगानीबाट प्लान्ट स्थापना गर्ने सोच बनाए पनि सहयोग प्राप्त भएमा ५ करोडसम्म लगानी गरी ठूलो क्षमताको प्लान्ट स्थापना गरिने उनले बताए ।

You might also like

Comments are closed.