मुस्ताङ, मनाङ र पोखराका अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

पोखरा । पोखरा, मनाङ र मुस्ताङका अस्पताललाई सय वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । पोखराका रोटरी क्लब, रोट्रयाक क्लब, इनरह्विल क्लब र चीन नेपाल मैत्रीसंघले अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् ।

पोखराका मनिपाल हस्पिटल, गण्डकी मेडिकल कलेज, पद्मा नर्सिङ होम, चिरायु हस्पिटल र मनाङ र मुस्ताङ १÷१ वटा हस्पिटललाई सिलिन्डर सहयोग गरिएको रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष पशुपती शर्माले जानकारी दिए ।

कोरोना महामारीको विषम परिस्थितिमा हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको अवस्थालाई मध्यनजर गरी सहयोग गरिएको उनले बताए ।

footwear zone

You might also like

Comments are closed.