अक्सिजन प्लान्टलाई ३ करोड संकलन, थप १ करोडको प्रतिबद्धता

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा स्थापना गरिने अक्सिजन प्लान्टका लागि ४ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । उक्त रकम मध्ये ३ करोड रुपैयाँ खातामा जम्मा भइसकेको र थप १ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको निर्माण समितिका कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

बतास फाउण्डेसनको अगुवाईमा हस्पिटलमा अक्सिजन प्लान्ट स्थापनाको तयारी भइरहेको छ । अबको २ साता भित्र अक्सिजन प्लान्टको जडान सक्ने गरी तयारी भइरहेको पौडेलले जानकारी दिए ।

अक्सिजन प्लान्टसँगै हस्पिटलका लागि आवश्यक पर्ने भेन्टिलेटरका लागि सहयोग संकलन अभियान जारी रहेको फाउण्डेसनले जनाएको छ । पवित्र योजनासहित सुरु भएको अभियानमा सहयोग गर्ने सम्पूर्णप्रति फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

footwear zone

You might also like

Comments are closed.