पोखरा महानगरलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र कास्की पोखरा समाज जापानले बुधबार पोखरा महानगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् । कार्यक्रममा चेम्बरको तर्फबाट १० र समाजको तर्फबाट २० गरी ३० थान सिलिण्डर प्रदान गरिएको हो ।

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार र कास्की पोखरा जापानका महिला उपाध्यक्ष अन्जु भण्डारीले मेयर मानबहादुर जिसीलाई सिलिण्डर हस्तान्तरण गरका हुन् । मेयर जिसीले अक्सिजन सिलिण्डरले कोभिडका बिरामीलाई उपचारमा सहयोग पुग्ने बताए । उनले महानगरले वडा नम्बर २७ को वडा कार्यालय(साविक लेखनाथ नगरपालिकाको भवन)मा कोभिड अस्पताल सञ्चालन गरेको जानकारी दिए ।

चेम्बरको एक व्यवसायी एक अक्सिजन सिलिन्डर अभियान बुधबार समापन भएको छ । चेम्बरको सिलिण्डर तथा आर्थिक संकलन अभियानमा अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, प्रेम सुवेदी, रवीबहादुर विक, टिका गुरुङ, जीवन तिवारी, डिल्लीराज पाण्डे, कमल भुजेल, विनोद भुजेल, प्रकाशकुमार श्रेष्ठ, राजकुमार शाह, दिवश लामिछाने, हरि पन्थी, गोविन्द देवकोटा र विकास कंडेलले सहयोग गरेको कार्यक्रम संयोजक प्रेम सुवेदीले जानकारी दिए ।

footwear zone

कास्की पोखरा समाज जापानका सचिव राजु पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथ लगायत स्थानीयतहका अस्पतालको लागि ७ लाख बराबरको ५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको जानकारी दिए । पोखरामा भएको कार्यक्रममा कास्की पोखरा समाज नेपालका प्रतिनिधि हरि पहारी, कास्की पोखरा समाजका सल्लाहकार प्रकाशलाल श्रेष्ठ सहभागी भएको उल्लेख गर्दै उनले स्थानीय व्यवस्थापन गरेकोमा पोखरा चेम्बर अफ कमर्स कास्की र गण्डकी प्रदेश चेम्बर अफ कमर्स प्रति आभार प्रकट गरे ।

You might also like

Comments are closed.