सर्लाहीको लालबन्दीमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीको साझेदारीमा सञ्चालन भइरहेको कोभिड १९ आपत्कालीन उद्धार एवम् पुनस्थापना परियोजना अन्तर्गतको लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको सो स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेले बताए ।

केन्द्र, मधेश प्रदेश, स्थानीय सरकारका साथै अस्टे«लियन एड, ओपन हर्ट ईन्टरनेशनल, आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको प्रयासमा सो प्लान्टको स्थापना गरिएको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए ।

footwear zone

सो प्लागन्टबाट कूल ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सक्ने सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताए ।

You might also like

Comments are closed.