‘सामूहिक प्रयासले नै महोत्सव सफल भएको हो’

पवित्रा श्रेष्ठ, कार्यकारी अधिकृत, लेखनाथ उद्योग वाणिज्य संघ

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने नाराका साथ लेखनाथ महोत्सव आयोजना हुँदै आएको छ । यस वर्ष पुष ७ गते शुरु भएको महोत्सव १८ गतेसम्म चल्नेछ । लेखनाथ महोत्सवको १८ औं संस्करणसम्म आउदा विगतका महोत्सवबाट धेरै कुराको अनुभव हामीले लिएका छौं । महोत्सवलाई सभ्य तथा भब्य रुपमा सफल पार्नका लागि सम्पुर्ण लेखनाथवासीको योगदान महत्वपुर्ण छ । लेखनाथ तथा यस आसपासका क्षेत्रको आर्थिक चलायमान मेलाले बनाउने छ । कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा महोत्सवले महत्वपुर्ण भुमिका खेलिरहेको छ ।

विगतका महोत्सवभन्दा फरकपना दिने उद्धेश्यले हामीले कार्यक्रमहरु बनाएका छौं । महोत्सवमा बालबालिका, युवा, वृद्ध वृद्धा सवैलाई मध्यनजर गरेर कार्यक्रम हुन्छन् । शैक्षिक प्रर्दशनी पनि मेलामा हुनेछ । विद्यार्थीको प्रतिभा प्रस्फुटनका कार्यक्रम पनि छन् । मन्टेश्वरी देखि माध्यमिक तहसम्मका विद्यार्थीका लागि विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गरेका छौं । महिला दिदी बहिनीहरुलाई लक्षित गरि रत्यौली कार्यक्रम पनि हुन्छ । विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छौं । विभिन्न जात जातिहरुको संस्कृती झल्कने कार्यक्रहरु पनि महोत्सवस्थलमा हुन्छन् ।

लोप हुने अवस्थामा पुगेका ठेकी, मदानी, ढिकी, जातो लगायतका पुराना सामग्री पनि महोत्सवमा प्रर्दशन गरेका छौं । वालवालिकालेयस्ता सामग्रीको नाम पनि विर्सने अवस्था छ । बालबालिकालाई चिनाउन तथा तिनको कामका वारेमा जानकारी दिन हामीले यि सामग्री प्रर्दशनीमा राखेका हौं । गुन्द्री बुन्ने, दुना टपरी लगाउने, माटोका भाडा बनाउने लगायतका कार्यक्रम पनि महोत्सव स्थलमा हुन्छन् । दृष्टिविहिन व्यक्तिहरुले धुपहरु बनाउनु हुनेछ ।

footwear zone

स्टेज तथा स्टलहरुलाई व्यवस्थित तरिकाले बनाएका छौं । विगतका कमि कमजोरीलाई सुधार गरेर अहिले धेरै व्यवस्थित बनाएका छौं ।
सम्पुर्ण लेखनाथवासीको साथ, सहयोग, लेखनाथ उद्योग वाणिज्य संघका आवद्ध सम्पूर्ण व्यक्तित्वहरु, कर्मचारीहरुको सामुहिक प्रयासले तयारीको छोटो समयमा नै महोत्सव भव्य र सभ्य रुपमा सफल हुने गरेको छ । लेखनाथवासी सवैले महोत्सवमा आफ्नो अपनत्व महसुस गर्दै आउनुभएको छ । दर्शकको पनि उत्साहपुर्ण सहभागिता मेलामा रहेको छ ।  कुराकानीमा आधारित

 

 

You might also like

Comments are closed.