प्याब्सन स्पोर्टस मिट फुटबल : सिनियर र जुनियरतर्फ गरी २० खेल सम्पन्न

पोखरा । ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो चरणका २० खेल सम्पन्न भएका छन् ।

निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शुक्रबार तेश्रो दिन फुटबलका प्रतिष्पर्धाहरु जारी रहेका हुन् । पोखराका तिन छुट्टा–छुट्टै खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सिनियरतर्फ १० टिम दोश्रो चरणमा प्रवेश गरेको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।

सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा स्टेप वाई स्टेपले पिकेजीलाई २–० ले, मेट्रोपोलिटानले अमर ज्योतीलाई ५–१ गोलले पराजित गर्न सफल भएको प्याब्सन कास्कीले जनाएको छ । त्यस्तै सोही खेल मैदानमा भएको एक अर्को खेलमा डायमण्डले लिटिल स्टेपलाई ५–० को भारी गोल अन्तरले पाखा लगाएको छ भने रेन्वोले सोसल पव्लिकलाई २–० ले पराजित गर्दा म्यारी गोल्डले पोखरा लनर्सलाई ४–० को गोल अन्तरले पाखा लगाएको छ ।

footwear zone

सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा शिसु अल्याणले न्यू लाइटलाई १–० गोलले, एक्स आर्मीले न्यू ऐरालाई ५–२ गोलले, स्नो भ्यूले प्रगतीलाई ४–१ गोलले, सृजनाले नवदिपलाई ४–३ले, विन्द्येश्वरीले हिमालयन माविलाई २–१ गोलले पराजित गर्दै दोश्रो चरणको यात्रा सहज बनाएका छन् ।

प्रतियोगिता अन्तर्गत जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा ग्लोबलले ज्ञानुबाबालाई ३–० ले, भाष्करले धौलागिरीलाई टाइ ब्रेकरमा ४–२ गोलले, नाभले टप्सलाई ५–० गोलले, मेट्रोपोलिटानले शिसु कल्याणलाई टाइ व्रेकरमा ५–३ ले बेसलाइनले पोखरा एकेडेमीलाई टाइ व्रेकरमा ५–४ गोलले पराजित गरेको छ ।

यता जुनियरतर्फको एक अर्को खेलमा भ्यू पोइन्ट पोखरा पव्लिक विच सम्पन्न जुनियरतर्फको फुटबलमा पोखरा पव्लिकले १–० गोलले जिते पनि प्रोटेष्टका कारण आयोजकले भ्यू पोइन्टलाई विजेता घोषणा गरेको छ । उक्त निर्णय तत्कालै न्यायिक समितिले गरेको प्याब्सन कास्कीले जनाएको छ ।

त्यस्तै जुनियरतर्फको अन्य खेलमा फेवाले लिटिल स्टेपलाई १–० ले, एक्स आर्मीले ज्योती कुञ्जलाई ५–० गोलले, मनकामनाले सरस्वतीलाई ३–१ ले र इडेन्सले गोल्डन नेचरलाई २–० गोलले पराजित गरेको छ ।

बास्केटबल प्लस टु तर्फ शनिबार सुरु हुने
प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्र–छात्रातर्फको खेल शनिबारबाट सुरु हुने प्लस् टु बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् । शनिबार बिहान ८ः०० बजे पोखरा रंगशाला बास्केटबल कोर्टमा छात्रतर्फ टप्स र गोल्डन नेचरका विच उद्घाट खेल हुनेछ । बास्केटबल प्लस टु छात्रतर्फ २७ र छात्रातर्फ ६ टिम गरी कूल ३३ टिमको सहभागिता रहेको संयोजक गुरुङले जनाए ।

भलिबल प्लस टु बास्केटबल पनि शनिबारबाट सुरु हुँदै
प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्रा भलिबल खेल सुरु हुने संयोजक नविन बरालले जानकारी दिएका छन् । प्लस टु छात्रातर्फ भलिबलमा कूल ६७ टिमको सहभागिता रहेको जनाउँदै उनले पोखरा रंगशाला भलिबल कोर्टमा शनिबार प्रतिभा र माउन्ट अन्नपूर्ण तथा पश्चिमाञ्चल र भाष्कर बिच गरी दुई खेल विहान ७ः३० बाट सुरु हुनेछन् ।

१७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र/छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले जानकारी दिए ।

 

You might also like

Comments are closed.