प्याब्सन स्पोर्टस मिट: प्लस-टु तर्फ भलिबल र बास्केटबल सुरु

पोखरा । ‘१७औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी रहेको छ । प्लस–टु तर्फ छात्रा भलिबल र छात्र बास्केटबल प्रतियोगिताहरु सुरु भएका छन् । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शनिबार चौथो दिन सिनियर र जुनियर फुटबलतर्फका २० खेल सम्पन्न भएका हुन् ।

पोखराका तिन छुट्टाछुट्टै खेल मैदानमा सञ्चालित सिनियरतर्फ र जुनियरतर्फ प्रि–क्वाटरका खेलहरु सञ्चालन भइरहेको प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद र्पौडेलले जानकारी दिएका छन् । सिनियर फुटबलतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा हिल पोइन्ट, ग्लोबल, शान्ती दिप, पोखरा पब्लिक र मेट्रोपोलिटियन विजयी भएका छन् । खेलमा हिल पोइन्टले हिमाञ्चललाई ४–० गोलले पराजित गर्दा ग्लोबलले भ्यू पोइन्टलाई १–० र पोखरा पब्लिकले तारा कुञ्जलाई ७-१ को भारी गोल अन्तरले पराजित गरेको छ ।

एक अर्को खेलमा शान्ती दिपले टप्सलाई टाइव्रेकरमा ४-२ ले पाखा लगाएको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । अर्को एक खेलमा मेट्रोपोलिटियनले स्टेप बाई स्टेपलाई २-० ले पराजित गरेको फुटबल संयोजक जगत थापाले जनाए । सिनियर फुटबलतर्फनै बालविद्याले पोखरा युनाइटेडलाई २–० ले, विद्या निकेतनले सरस्वतीलाई २-१ ले, पोखरा एकेडेमीले गोल्डन नेचरलाई -० ले बालोदयले बाल प्रभातलाई २–१ ले, शान्तीकुञ्जले हिमालयनलाई १–० ले पराजित गरेको छ ।

footwear zone

एक अर्को खेलमा शिसु कल्याणले एक्स आर्मीलाई टाइ व्रेकरमा ४-२ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ गोल गर्दै बराबरी खेलेका थिए । यता शान्ती दिप खेल मैदानमा जुनियरतर्फको खेलमा पारामाउण्टले सोसियल पब्लिकलाई १–० ले, गुरुकुलले प्रगतीलाई ३–२ ले, गुरुकुलले पिएलएलाई ५–० ले, सगरमाथाले भाष्करलाई १–० ले र स्नो भ्यूले ग्लोबललाई २–१ ले पराजित गरेको छ ।

बास्केटबल प्लस–टु तर्फ छात्रको खेल सुरु
प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्रतर्फको खेल शनिबारबाट सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको बास्केटबलमा ६ खेल सम्पन्न भएको प्लस् टु बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् ।

बास्केटबलको उद्घाटन खेलमा गोल्डेन नेचरले प्रतिस्पर्धात्मक खेलमा टप्स मावीलाई ३६–३३ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा बाल कल्याणले भाष्करलाई ५२–३० ले, मेरी गोल्डले धौलागिरीलाई ५२–२७ ले, माउन्ट अन्नपूर्ण माविले प्रगतीलाई ५६–११ ले, सोसियल पब्लिकले बेथानीलाई प्रतिस्पर्धात्मक खेलमा २९–२५ ले पराजित गर्दा अन्तिम खेलमा पश्चिमाञ्चलले केफलाई २०–१८ ले पराजित गरेको छ । स अघि बास्केटबल खेलको उद्घाटन प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङले गरेका थिए ।

छात्रा भलिबल सुरु
प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस–टु (कक्षा ११–१२) र मावि तह कक्षा १–१० तर्फ छात्रा भलिबल खेल शनिबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको छ । प्लस टु छात्रातर्फ भलिबलमा कूल ८ टिम मावितर्फ २४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता संयोजक नविन बरालले जानकारी दिएका छन् ।

प्लस टु छात्रातर्फको खेलमा प्रतिभाले माउन्ट अन्नपूर्णलाई २५–७, २५–९ ले, करुणानिधीले मदर ल्याण्डलाई २५–१३, २५–१२ ले, पश्चिमाञ्चलले भाष्करलाई २५–१८, २५–१८ ले र गुरुकुलले टप्सलाई २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् ।

You might also like

Comments are closed.