काठमाडौं । दुई जना भारतीय नागरिक साढे ३४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार दुई जना भारतीयलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा भारत लखिमपुर खिरी बेलापुर बस्ने वर्ष ५० को समिरा सिंह, र सोही स्थानका ५३ वर्षको शेर सिंह रहेका छन्।
शनिबार विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र उक्त कार्यालय मातहत ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कैलारी गाउँपालिका- ७ वसन्तामा चेक जाँच गर्दा उक्त मोटरसाइकलको डिक्कीमा लुकाएर राखेको अवस्थामा लागूऔषध ३४ ग्राम ५१० मिलिग्रामसहित फेला परेको थियो । उनीहरूलाई पक्राउ गरी लागूऔषध खैरो हेरोइनमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




Comments are closed.