गोली र सालकको खपटासहित टेकुबाट एक पक्राउ

काठमाडौं । काठमाडौंको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

footwear zone

उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

You might also like

Comments are closed.