स्थानीयस्तरमै स्थायी लेखा नम्बर    

रसुवा । सबै प्रकारका व्यवसायीलाई करको दायरामा ल्याई राजस्व असुली सहज पार्ने उद्देश्यले स्थानीयस्तरमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुमार्फत रसुवाका गाउँहरूमै स्थायी लेखा नम्बर वितरण सुरू गरिएको हो ।

उक्त कार्यालयका प्रमुख गोपाल कोइरालाको नेतृत्वमा खटिएका कर अधिकृतहरूले करको महत्वबारे जागरण गराउँदै स्थायी लेखा लेखा नम्बर वितरण सुरु गरेका हुन् । दक्षिणी रसुवाको कालिका गाउँपालिकामा राखिएको घुम्ती शिविरबाट १०० भन्दा बढी व्यवसायीलाई स्थायी लेखा नम्बर जारी गरिसकिएको र गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चे एवं आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतबाट समेत वितरण गर्न कर अधिकृत परिचालन भइरहेको प्रमुख कोइरालाले जानकारी दिए ।

स्थानीयस्तरमा खटिएका टोलीद्वारा स्थायी लेखा नम्बर प्राप्त गरिसकेका करदातालाई आफूले गरेका कारोबारको विवरण खाता स्पष्टरूपले राख्न र निर्धारित समयमै कर तिर्नसमेत आग्रह गरिएको छ । आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा स्थानीयस्तरमा प्रत्येक वर्ष कर जागरण अभियान सञ्चालन एवं स्थानीयस्तरमै स्थायी लेखा नम्बर प्रदान गर्ने प्रावधानले साना व्यवसायीलाई ठूलो राहत मिलेको उद्योग वाणिज्य सङ्घ रसुवाले जनाएको छ ।

footwear zone

स्थायी लेखा नम्बर लिन अत्यन्तै कमी भएको रसुवामा कर जागरण अभियानले पछिल्लो समय करदाता उत्साहपूर्वक तवरले सहभागी हुल थालेका छन् । नेपाल–चीनबीचको कारोबार गर्ने रसुवागढीनाका, पवित्र धार्मिकस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङ्टाङ, विद्युत् उत्पादनका लागि निर्माणाधीन जलविद्युत् आयोजनाको क्षेत्र भएका कारण बढ्दो क्रममा रहेको सबै व्यावसायिक क्षेत्रलाई करको दायरामा ल्याउन प्रयासरत रहेको बताइन्छ ।

 

You might also like

Comments are closed.