काठमाडौं । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं १२ ग्रामीण भेगमा घर भएका पाण्डव हमाल नेपाल प्रहरी श्रीमती संघको ३८ औं वार्षिकोत्सवमा सम्मानित भएका छन् । हमाल एन प्याब्सनका केन्द्रीय अध्यक्ष समेत हुन् ।
बौद्धिक तथा शैक्षिक व्यक्तित्वको रूपमा परिचित पाण्डव हमालले समाज कल्याण र शैक्षिक वातावरण कायम गराउन र उक्त क्षेत्रमा सुधारको लागि विगत लामो समयदेखि निरन्तर लागिरहेकाले सम्मान गरिएको बताइएको छ ।
निजी शिक्षालयहरुको राष्ट्रिय छाता संगठन कार्यक्रममा प्रहरी प्रशासनका उच्च अधिकारीहरुको सहभागिताका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले हमाललाई सम्मानित गरेकी हुन् ।

नेपालमा संस्थागत विद्यालयको शैक्षिक वातावरणलाई नजिकबाट नियाल्दै बालबालिकाको स्वर्णिम भविष्य कोर्न देशभरि अहम भूमिका निर्वाह गरेका हमालले समाजमा सकारात्मक परिवर्तनमा संस्थागत विद्यालयको तर्फबाट गरेको योगदानको मुल्यांकन गर्दै उनलाई नेपाल प्रहरी श्रीमती संघको कार्यक्रममा सम्मानित गरिएको हो ।
राष्ट्रका उच्च प्रहरी व्यक्तित्वहरु सहभागिता भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रहरी श्रीमती संघका महासचिव सुमन पोखरेल उपाध्यायले गरेकी थिइन् ।





Comments are closed.