पानी पँधेरोको एकै पटक ५ शाखा विस्तार, धुर्मुस सुन्तलीले उद्घाटन गर्ने

 

पोखराबाट सुरु गरिएको चेन सुपरमार्केट पानी पँधेरोले पाँच नयाँ शाखा विस्तार गरेको छ। पानी पँधेरो ट्रेड प्रालिद्वारा संचालित सुपरमार्केटको नागढुङ्गा शाखालाई माघ २२ गते कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले उद्घाटन गर्ने भएका छन्।

२०७६ सालमा पोखराको बगरमा पहिलो शाखा सन्चालन गरेको पानी पँधेरोले पोखराको नागढुङ्गा, हरिचोक, बिरौटा, काहुँखोला र तनहुँको भिमाद गरि ५ नयाँ शाखा विस्तार गर्न सफल भएको कम्पनीका अध्यक्ष कुलदिप भट्टराईले जानकारी दिए।

footwear zone

ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउँदै आएको पानी पँधेरोमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु र स्थानीय व्यवसायीहरुको लगानी रहेको उपाध्यक्ष किशोर सुबेदीले बताए।

६ शाखामा सय जना कर्मचारी आबद्ध भएको पानी पँधेरोमा हालसम्म दस करोड लगानी भएको मेनेजर दिबिन भट्टराईले जानकारी दिए। शुलभ मुल्यमा सजिलै सामान खरिदको वातावरण पानी पँधेरोमा भएको उनले बताए।

You might also like

Comments are closed.