शुक्रबार प्याराडिसो स्पोर्टस् बारमा सविन राई सांगितिक साझँ

पोखरा । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले अँग्रेजी नयाँ बर्षको अबसरमा विशेष साङगितिक साझँको आयोजना गरेको छ । नयाँ बर्षको अबसरमा पुष १७ गते विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

शुक्रबार साझँ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ युवा युवतीलाई नचाउने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितक दुनियामा आएका हुन् ।

‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई कोरोनाको यो महामारीमा नयाँ वर्षले फिक्का नबनो भनरे कोरोनाको स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम गरेको पौडेलले जानकारी दिए ।

footwear zone

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको बताए ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फ्रन्ट, बालकुन्नी, फेवाफ्रन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’मा रमाउन पाइने उल्लेख गरे ।

You might also like

Comments are closed.