पोखरा । नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत हालसम्म ४० लाख रुपैंया संकलन भएको छ । अभियान अन्र्तगत सोमबार पोखरा २६ को बुढिबजारमा आयोजित ११ औं श्रृङखलाको कार्यक्रममा करिब २ लाख रुपैंया संकलन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समोन्वय समिति कास्कीका संयोजक बैन बहादुर अधिकारी क्षेत्रीले मानिसलाई बाँचुञ्जेल जिवनका विभिन्न कालखण्डमा सम्मान गरेजस्तै मृत्यूपर्यन्त पनि सम्मानजनक अन्त्येष्टि गर्नु आवश्यकता, अधिकार र बाँच्नेहरुका लागी नैतिकताको कुरा भएको वताउँदै यस कार्यमा तन मन र धनले सहयोग गर्न सम्पुर्णमा अनुरोध गरेका थिए ।
यसैगरि पोखरा २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले भौतिक विकासमात्र विकास नभई मानव संसाधनको विकास पनि विकासको अभिन्न अंग भएको वताउँदै मानिसलाई कसरी वचाउन सकिन्छ र मृत्यूपर्यन्त पनि कसरी परम्परा संस्कार अनुसार लैजान सकिन्छ भन्नेतिर जानु पनि एक प्रकारको विकास भएको वताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष जानुका अधिकारी,लायन्स क्लवको तर्फबाट शैलेन्द्र मोहन भटराई, निर्माण ब्यवसायी सुर्य नारायण बरालले मानिसको मृत्यूपश्चात गरिने संस्कारलाई समयानुकुल परिमार्जन एवं सहज बनाउने उद्धेश्यले सञ्चालन गरिएको यस अभियानमा सवैको साथ र सहयोग चाहिनेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला भित्र शव वाहनको अभावमा सर्वसाधारणहरुले दुःख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकोले शववाहन खरिद गर्नका लागी अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । अभियान मार्फत १ करोड रुपैंया संकलन गर्ने संस्थाको लक्ष्य रहेको र उक्त रकम मध्ये ४० लाख शववाहन गरिद गर्न खर्च गरिने र ६० लाख शववाहन सञ्चालनका लागि कोषको स्थापना गरिने ओझाले जानकारी दिए ।
संस्थाका आर्थिक उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले आर्थीक गतिविधीका बारेमा जानकारी दिएको कार्यक्रममा सस्थाका संरक्षक एवंम वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन सस्थाका सचिव रामराज अधिकारीले गरेका थिए ।




Comments are closed.