पोखरा । परिवर्तन नेपालले स्वाव संकलन तथा स्वास्थ्य परीक्षणको शुरुवात गरेको छ । कोरोना महामारीको बिषयम परिस्थितीलाई मध्यनजर गर्दै निःशुल्क रुपमा स्वाव संकलन तथा स्वास्थ्य परीक्षणको शुरुवात गरिएको बताइएको छ ।
पोखरा महानगरपालिका १८ सराङकोट र २४ कास्कीकोटमा वडामा पुगी स्वाव संकलन तथा स्वास्थ्य परीक्षण गरिएकोे संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए । आगामी दिनमा अन्य वडा तथा गाउँपािलकाहरुमा पनि पुग्ने सचिव हरि कार्कीले जानकारी दिए । दैनिक गुजारा चलाउन मुस्किल भएका विपन्न परिवारलाई खाद्यान्य वितरण गरिने पनि कार्कीले बताए ।
संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।






Comments are closed.