पोखरा । बुधबार हाम्रे परिवर्तन नेपालको टोली नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र पुगेको छ । पोखरामा झ्याप्प झ्याप्प विद्युत किन काटिन्छ भन्ने कुरा बुझ्न टोली परिवर्तन नेपाल प्राधिकरण पुगेको हो ।
हाम्रो परिवर्तन नेपालले नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाले तत्काल यस्तो अवरोध हटाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए ।
ध्यानाकर्षणपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुखले विभिन्न कारणले समस्या आएको र ति समस्या तथा अवरोधलाई छिटो भन्दा छिटो समाधान गर्ने बताए ।






Comments are closed.