पोखरा ।
विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको संस्था हाम्रो परिवर्तन नेपालले तनहुँ शुक्लागण्डकी बस्ने उस्मान अलिको उपचारको लागि आर्थिक संकलन शुरु गरेको छ । विश्वकै दुर्लभ रोग मध्यको रोग स्पाइनल मस्कुलर एट्रोफी रोग लागेका उनि ९ महिनाका छन् ।
हालसम्म यस अभियानमा २६ हजार रुपैयाँ उठेको र आर्थिक सहयोग आउने क्रम जारी रहेको उस्मान अलि बचाउ अभियानका संयोजक साईमुन निशाले जानकारी दिइन् । संकलित रकम आगामी हप्ता उनको परिवारलाई बुझाउने बताइएको छ ।






Comments are closed.