सामाजिक काममा सक्रिय हाम्रो परिवर्तन नेपालले शुरु गर्यो कपडा वितरण कार्यक्रम

पोखरा । विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको संस्था हाम्रो परिवर्तन नेपालले कपडा वितरण कार्यक्रमको शुरुवात गरेको छ ।

मंसिर ११ गते शनिबारबाट शुरु गरिएको यस कार्यक्रमको शुरुवात पृथ्वीचोकबाट गरिएको कार्यक्रम संयोजक तथा केन्द्रीय सदस्य सोमनाथ अधिकारीले जानकारी दिए ।

संस्थाले शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक निर्माण लगायतका क्षेत्रमा पनि काम गरिसकेको छ । घरमा थन्किएर बसेका कपडा अरुको लागि वरदान बन्नसक्ने भएकोले कार्यक्रमको सुरुवात गरिएको संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले बताए ।

footwear zone

साप्ताहिक रुपमा विभिन्न स्थानमा कार्यक्रक संचालन गरिने संस्थाका सचिव हरि कार्कीले जानकारी दिए । साथै थन्किएर बसेका कपडा ल्याएर कार्यक्रमलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । लायन्स क्लब अफ पोखरा वर पिपल चौतारी पनि कार्यक्रममा सहभागी छ ।

You might also like

Comments are closed.