परिवर्तनका लागि अटेरी अभियान, विभिन्न स्थानमा उम्मेदवारी घोषणा

पोखरा । केही समय पहिले पोखरामा गनेस पौडेलले महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनि हाम्रो परिवर्तन नेपालका सल्लाहकार पनि हुन् । गनेस पौडलले पोखराबाट शुरु गरेको अटेरी अभियानमा हाम्रोपरिवर्तन नेपालले साथ र सर्मथन गर्दै उम्मेदवारी घोषणा शुरु गरेको छ ।

संस्थाले देशव्यापी रुपमा उम्मेदवारी घोषणा शुरु गरेको छ । कोहलपुरमा देव अर्याल, काठमाडौंमा बलेन, कैलालीको लम्की चुहा नगरपालिकामा उदय रानाभाटले उम्मेदवारी घोषणा गरेको संथाका सचिव हरि कार्कीले जानकारी दिए ।

हाम्रो परिवर्तन नेपालले आ आफ्नो ठाँउबाट अटेर गरि यसपटक स्थानिय निर्वाचनमा हाम्रो परिर्वतन नेपालका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेको छ । संस्थाले खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी सृजना, कृषि, खाद्यान्य वितरणका क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आइरहेको संस्थाका अध्यक्ष डा ढाकाकुमार श्रेष्ठले जानकारी दिए  ।

footwear zone

यस संस्थाकी सदस्य ईशाा खड्काले सिदार्थनगरनगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् ।  राजनितिमा युवा तथा स्वतन्त्र विचार भएका व्यक्ती नआँउदासम्म् समाज सुधार नहुने हुँदा आफुले उम्मेदवारी दिएको खड्काले बताइन् । स्वतन्त्र विचार राख्ने युवालाई समेटेर छिट्टै प्यानल घोषणा गर्ने उनको भनाई छ । उनि मन्टेश्वरीको संचालक तथा प्रवन्ध निर्देशक हुन् ।

 

You might also like

Comments are closed.