पोखरा । कोरोना महामारी र निशेधाज्ञाकाबीच परिवर्तन नेपालले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । स्वाव संकलन तथा खाद्यान्न वितरण सँगै होम आइसोलेसनमा बसेका विपन्न परिवारका कोरोना संक्रमितलाई निःशुल्क औषधी वितरण गरिरहेको छ ।
खाद्यान्न वितरण गर्ने क्रममा संस्थाले शनिबार पनि पोखराका विभिन्न स्थानमा रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको वित्तीय विभागका लेखुराम खाती खातीले जानकारी दिए । वित्तीय विभागका रेक्सन राना, नविन अधिकारी, महिला विभागका रेश्मा प्रधान लगायतको उपस्थितीमा खाद्यान्य वितरण गरिएको बताइएको छ । संस्थाले आइतबारबाट पोखराका विभिन्न चोकमा पानीको जार राख्ने सचिव हरि कार्कीले जानकारी दिए ।
कार्यक्रममा सहकार्य गर्न चाहने संघ संस्था, व्यवसायी, तथा व्यक्तीमा सम्पर्कको लागि संस्थाले अपिल गरेको छ भने सहयोग गर्नेलाई आभार व्यक्त गरेको छ ।

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।




Comments are closed.