लायन्स डिस्ट्रिक्ट ३२५ एलको गभर्नरमा बराल निर्वाचित

पोखरा । लायन्स क्लव्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एल, नेपालको गभर्नरमा परमेश्वर बराल निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न पहिलो कन्भेन्सनबाट उनी गभर्नर निर्वाचित भएका हुन् । बरालको गभर्नर कार्यकाल आगामी जुलाईबाट सुरु हुनेछ । गभर्नरमा निर्वाचित गराउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।

त्यस्तै कन्भेन्सनबाट फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा शुमन भट्ट क्षेत्री र सेकेण्ड भाइस गभर्नरमा एक नारायण शर्मा निर्वाचित भएका छन् ।

footwear zone

डिष्ट्रिक्ट गभर्नर मनिश्री रत्न बज्राचार्यको अध्यक्षतामा कन्भेन्सन सम्पन्न भएको हो । कन्भेन्सन सफल बनाउन भूमिका खेल्ने सम्पूर्णप्रति गभर्नर बज्राचार्यले आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.