पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसैगरी मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

यसवर्ष त्रयोदशीका दिन सोमबार सर्वसाधारणका लागि गतवर्ष पशुपतिनाथको भण्डारमा रहेका यि बहुमूल्य सामग्री सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को एक वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाइएको कोषले जनाएको छ। बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आजै भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ।

footwear zone

राख्नुअघि अर्थात् बिहान १० बजे अघि पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने गरिएको हो । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा पालोवालालाई बुझाउने गरिन्छ ।

भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने परम्परा रही आएको छ। बालाचतुर्दशी मेला भर्न देशका विभिन्न भागबाट आएका भक्तजनले यी सामग्री हेरेर फर्कने गरेका छन्।

You might also like

Comments are closed.