काठमाडौं । पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए ।
कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ ।
पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए ।

कार्यक्रममा बोल्दै आफ्नो सुरक्षीत र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन् । नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दिपक राज गिरीले बताए ।
पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरुलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड बिजेता रोनिस खड्गी सबैले कोशिश गरे समाज उत्कृष्ट हुने धारणा राख्छन् ।
यि हुन् अवार्ड बिजेता
सर्बोत्कृष्ट बिधा
द स्टार राइडरः खुशीराम थारु
द स्टार क्याप्टेन: सोमनाथ गिरि
बेस्ट पफर्मिङ फुडम्यान: सागर राई
फरक क्षमताका राइडर (चार पाङ्ग्रे स्कुटर) बिधा:
मस्ट इम्पावर्ड राइडर: पुनम मिश्र र सोमनाथ राई
परोपकार बिधा
द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माद्यम माफत सामाजिक सेवा समेत गर्ने): रोनिस खड्की, कृष्ण बहादुर तामाङ, रोयत बहादुर रोका
बाइक राइडर बिधा:
द राइजिङ राइडर (सबैभन्दा कम उमेरको), १८ बर्ष: सन्जिब श्रेष्ठ
द टायरलेस राइडर(सबैभन्दा धेरै राइड लिने, ५५०० राइड): मुकुन्द राज थापा
युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८०) सुदर्शनमणि डङ्गोल
द डेडिकेटेड राइडर(आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७५०) तिर्थ बहादुर बिष्ट
द भेट्रान राइडर (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, ४ बर्ष) दिलिप लामा
द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) कपिल दिप न्यौपाने
द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको,३५० दिन): कौशल कुमार जोशी
द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष): आश्मान राई
द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) राइडर: लक्ष्मी श्रेष्ठ
क्याप्टेन (ट्याक्सी चालक) बिधा
द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ बर्ष)स्राजेश थापा
द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड) कमल श्रेष्ठ
युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.५०): प्रशान्त थापा
द डेडिकेटेड क्याप्टेन (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९०५० दिपक घलान
द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवात देखि नै) फरिन बहादुर क्याप्छाकी
द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने : रामानन्द चौधरी
द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन): पवन ढुङ्गेल
द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष) कृष्ण लामा
द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) क्याप्टेन विद्या कुमारी लामा
फुडम्यान बिधा
बेस्ट पफर्मिङ फुडम्यान इनहाउसस् धनेन्द्र हंसरुम्बा
बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी): अनिस कुमार थापा
द सुपरस्टार फुडम्यान (सबैभन्दा धेरै रेटिङ, ४.८ ) टीका बहादुर कुँवर
द टायरलेस फुडम्यान (सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी) छत्र बहादुर बस्नेत
द डेडिकेटेड फुडम्यान (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५५) विशाल श्रेष्ठ
द क्लासिक फुडम्यान (सबैभन्दा लामो समय देखि, ५६५ दिन)स्दिलेन क्षेत्री
द ज्वय गिभर फुडम्यान (बेस्ट कम्युनिकेसन) राजकुमार दाहाल
द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन)स्शेशकान्त सुवेदी
द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) फुडम्यान बन्दना राई
२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सन्चालनमा ल्याएको छ ।




Comments are closed.