पठाओद्वारा पशुपति घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

काठमाडौं। लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती रमण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले पशुपति क्षेत्र विकास कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन्।

दुई थान अक्सिजन कन्सनट्रेटर, १/२ लिटर ह्यान्ड स्यानिटाइजर ५ सय थान, सर्जिकल मास्क ५ हजार थान र अक्सिमिटर २ थान लगायतका सामानहरू कोषलाई सहयोग गरिएको हमालले जानकारी दिइन् ।

footwear zone

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ‘सञ्जीवनी इनिसिएटिभ’ कार्यक्रमको आयोजना गरि कोषलाई सहयोग गरेको हमालले बताइन् ।

You might also like

Comments are closed.