सवारीमा जोर बिजोर प्रणाली सुरु भएसँगै पठाओ राइड पुन: सुचारु

काठमाडौं । कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै असार ८ गते मंगलबारबाट पुन: सुचारु भएको छ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार राइड संचालन गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए । कोभिडको पुर्ण नियन्त्रण नभएको समयमा सकेसम्म घरमै बसेर सावधानी अपनाउन बस्न्यात सुझाउँछन।

उनी थप्छन् ,अत्यावश्यक काममा निस्कनै पर्दा आफ्नो सवारी नहुने ब्याक्तीहरुको लागि पठाओ सुरक्षीत बिकल्प हुन सक्छ। भिडभाड नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने भएकाले यात्राका लागि पठाओ सहज हुन सक्छ।

footwear zone

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजार पनि सुरु गरेको छ। सामान अर्डर गरेको एक घण्टामै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको छ।

You might also like

Comments are closed.